logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

    एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

    13.1K
    Shares
    एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

    मोरङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने ।

    नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ । ‘हाम्रो पार्टीमा उम्मेद्वारको कमी छैन । जित्ने ठाउँमा उम्मेद्वार खडा गर्नुपर्दछ । त्यसका लागि कांग्रेस, माओवादी र जनता समाजवादीसँग छलफल गरिरहेका छौं । सहमतिको प्रयास गरिहेका छौं,’ नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । सय सिट चाहियो भनिरहेको छ । उब्रेको सिट तिमीहरु बाँड भन्छ । हामीले उसलाई भनेका छौं । तिमीहरुले आफ्नौ हैसियतभन्दा बढी माग्ने आँट नगर । ०७४ सालमा कांग्रेसले जितेको जम्मा २३ सिट हो । त्यसको तीन गुणा काँग्रेसले लिँदा हुन्छ । हामी ७० भनिरहेका छौं । उ सय भनिरहेको छ ।’

    उनले सहमतिका लागि बालुवाटारमा छलफल भइरहेको विषयमा बालुवा पेल्न खोजिरहेको बताए । ‘अहिले पनि छलफल भइरहेको छ, छलफल भनेको बालुवाटारमा बालुवा पेलिरहेका छौं । सहमतिको कोसिस छ । भएन भने पनि एक्लै लड्न आँट गर्नुपर्दछ,’ नेपालले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend