काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीलाई जनताले अस्विकार गरेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उपाध्यक्ष नेम्वाङले समाजवादीले सत्ता गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको बताए।
नेम्वाङले भने, ‘माधव नेपाललाई एमालेमा फर्कन आग्रह गर्छु। विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु। नेकपा एमालेमा फर्केर आउनुस् ।’
सर्वोच्च अदालतको परमादेशबाट सरकार बनेको भन्दै नेम्वाङले भने, ‘यो अहिलेको सरकारलाई सरकार बनाउने जनादेश थिएन। पहिलोपटक नेपालको इतिहासमा सर्वोच्च अदालतको परमादेशबाट सरकार बन्यो। जनताको जनादेशबाट बनेको प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षमा बस्नुभयो।’