logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अध्यक्ष तिमिल्सिना र यूएई संसदका उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

    अध्यक्ष तिमिल्सिना र यूएई संसदका उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

    6.7K
    Shares
    अध्यक्ष तिमिल्सिना र यूएई संसदका उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीबीच शिष्टाचार भेट भएको छ । शनिवार निजी निवासमा अध्यक्ष तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष यामाहीबीच शिष्टाचार भेट भएको हो ।

    भेटमा दुवै पक्षबाट नेपाल र यूएईबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बारेमा कुराकानी भएको थियो । साथै यूएईको तर्फबाट उपाध्यक्ष याहामीले नेपालमा ठूलो लगानी गर्न इच्छुक रहेको बताए । त्यस्तै उनले दुई देशबीच मिलेर काम गर्दा सम्बन्धले झनै उचाइ छुने र युएईले नेपालमा लगानी गरेको खण्डमा नेपालीहरुको रोजगारीको अवसर जुट्ने बताए । अध्यक्ष तिमिल्सिनाले भने नेपाल यूएईको सहयोग लिएर काम गर्न तयार रहेको बताए । भेटपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेटमा नेपालमा व्यापारको लगानीदेखि नेपालका लागि सहयोग र दुई देशबीचको सम्बन्ध राम्रो बनाउने विषयमा छलफल भएको बताए ।

    उनले भने, ‘भेटमा नेपालमा बिजनेश व्यापारको लगानीदेखि लिएर नेपालका लागि सहयोग र दुई देशबीचको सम्बन्ध राम्रो बनाउने विषयमा कुरा भयो । सम्बन्ध सुमधुर बनाउन हामीले पहल गर्न आवश्यक छ । दुई देशको सम्बन्ध राम्रो बनाउनको लागि हामी अझै राम्रो काम गर्नेछौँ । हामी काम गर्ने वातावरण निर्माण गर्दैछौँ । दुई देशबीच मिलेर काम गर्दा सम्बन्धले झनै उचाइ छुन्छ । युएईले नेपालमा लगानी गरेको खण्डमा नेपालीहरुको लागि राम्रो हुन्छ, नेपालीहरुले रोजगारी पाउनेछन् भन्ने कुराहरु भएका छन् ।’

    अध्यक्ष अन्सारीले भेटमा सहभागी दुवै देशका प्रतिनिधि मण्डालले दुई देशको सम्बन्ध सुमधुर बनाउनका लागि पहल सहयोगको गर्न आवश्यक रहेको औंल्याएको बताए । यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदै छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend