logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रासायनिक मल नल्याउने दुई कम्पनी कालो सूचीमा राख्न कृषि मन्त्रालयको सिफारिस

    रासायनिक मल नल्याउने दुई कम्पनी कालो सूचीमा राख्न कृषि मन्त्रालयको सिफारिस

    6.5K
    Shares

    काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको छ । ठेक्का सम्झौता अनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालो सूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा मन्त्रालयले सिफारिस गरेको कृषि विकास मन्त्रालयलका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

    ‘सिल्क जेभी र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएका छौं,’ प्रवक्ता सञ्जेलले भने । आर्थिक वर्ष २०७८ ७९ का लागि यी दुई कम्पनीले ५० हजार मेट्रिकटन युरिया ५ हजार मेट्रिकटन डीएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए ।

    सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउन समय दिंदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए । तर, कम्पनीको कारबाही विरुद्ध उच्च अदालतमा रिट परेपछि थप कारबाही रोकिएकामा अहिले अदालतले कालोसूची सिफारिसको बाटो खोलिदिएको कम्पनीका कार्कीको भनाइ छ ।

    गत र चालु आवका लागि प्रमुख बालीका लागि भन्दै ५० हजार मेट्रिकटन युरिया र ५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न विभिन्न समयमा कृषि सामग्री कम्पनीले ठेक्का सम्झौता गरेको थियो । युरिया ५० हजार मेट्रिकटन आयात गर्न पाँच नेपाली ठेकेदार कम्पनीहरुले संयुक्त ठेक्का गरेका थिए । जसमा थिए सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्टिक्स र सिल्क मार्केट ।

    उनीहरुलाई २५–२५ हजारको मेट्रिकटन युरिया आयातको ठेक्का परेको थियो भने डीएपी ५ हजार मेट्रिकटनका लागि नेपाली कम्पनी सिल्क मार्केटले ठेक्का पाएको थियो । दुई बंगलादेशी र एक नेपाली कम्पनी गरी तीन कम्पनीलाई कालोसूची सिफारिस गर्न थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend