logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अपराध आरोपीहरुलाई कांग्रेसबाट सांसद उपहार सिफारिस : सुनसरी ३ मा विजयकुमार गच्छदारको नाम सर्वसम्मत

    अपराध आरोपीहरुलाई कांग्रेसबाट सांसद उपहार सिफारिस : सुनसरी ३ मा विजयकुमार गच्छदारको नाम सर्वसम्मत

    6.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसले विभिन्न अपराधमा संलग्नलाई सांसदको उम्मेदवारमा सिफारिस गर्ने कामलाई निरन्तरता दिएको छ । भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

    रौतहटमा बम विस्फोट गराएको र जिउँदो मान्छेलाई इँटाभट्टामा जलाएको आरोपमा जेलमा रहेका मोहमद अफताब आलमलाई उम्मेदवार सिफारिस गरेपछि भएको आलोचनालाई बिर्सिएर सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

    बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।

    भ्रष्टाचारको आरोपमा अदालत मुद्दा दर्ता भएपछि २०७६ माघमा उनी सांसदबाट निलम्बनमा परेका थिए । मुद्दा दर्ता भएपछि सम्पर्क विहीन भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन अदालतमा हाजिर भएका थिए । र उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । गत मंसिरमा भएको कांग्रेसको महाधिवेशनमा गच्छदारलाई देउवाले आफ्नै प्यानलबाट उपसभापतिको उम्मेदवार बनाएका थिए । तर गच्छदार पराजित भएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend