काठमाडौं । प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दीमा सरकारको सहभागिता निन्दायोग्य रहेको बताइन् । उनले विश्वविद्यालयमा मौलाएको बेथिति सबैको चिन्ता र चासोको विषय बन्नुपर्छ भनेर जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराउँदा संसदमा छलफल गर्न समेत सरकार तयार नभएको बताइन् ।
पाण्डेले विश्वविद्यालय सम्बन्धि प्रश्तावलाई कार्यसूचिमा प्रश्तुत गरी समस्याको दीर्घकालिन समाधान खोज्न माग गरिन् ।