logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभा बैठकः कसले के भने ?

    प्रतिनिधि सभा बैठकः कसले के भने ?

    6K
    Shares
    प्रतिनिधि सभा बैठकः कसले के भने ?

    काठमाडौं । प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । आईतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले प्रश्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

    बैठकमा यस विधेयकको सम्बन्धमा सामान्य छलफल समेत भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले प्रतिनिधि सभाको कार्यकाल बढाउनको निम्ति सो विधेयक नआएको स्पष्ट पारे । उनले प्रतिनिधि सभा कहिले प्रारम्भ हुन्छ र कहिले अन्त्य हुन्छ भन्नेमा स्पष्टता ल्याउनका लागि मात्रै विधेयक आएको उल्लेख गरे ।

    विधेयकमाथिको सामान्य छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले विधेयकले ल्याएको विषय उपयुक्त भएको बताए , उनले विधेयकले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा भएका अस्पष्टताहरुलाई चिरेर स्पष्ट बनाएको बताए ।

    नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले विधेयकले सम्पती शुद्धिकरणलाई पनि समेटेर आएकोमा मा सहमति भएपनि प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा विमति रहेको बताए । निर्वाचन घोषणा भएसँगै संसद कोमामा गएको उनले टिप्पणी गरे । संसद चलाउनुको अर्थ नभएको भन्दै उहाँले विधेयक पारित गर्न पनि नमिल्ने बताए । उनले प्रतिनिधि सभाको कार्यकाल उम्मेदवारी दर्ता भएपछि समाप्त हुनेगरी प्रावधान राख्नुपर्ने धारणा राखे ।

    एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधि सभालाई जीवित राखेर आगामी निर्वाचनमा कोही सांसदको लोगो लगाएर र कोही नागरिकको हैसियतमा चुनावमा जान नमिल्ने बताए । सांसदको जागिरको निरन्तरताको लागि विधेयक आउनु गलत भएको उनको टिप्पणी छ ।

    नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुने संविधानको व्यवस्था रहेको भन्दै अर्को चुनाव नहुञ्जेलसम्म प्रतिनिधि सभाको कार्यकाल कायम हुनुपर्ने धारणा राखे ।

    नेकपा (माओवादी केन्द्र) की सांसद यशोदा गुरुङ सुवेदीले प्रतिनिधि सभाको कार्यकाल नयाँ प्रतिनिधि सभाको पहिलो बैठकसम्म राखेर जानु जायज भएको बताए । उनले राष्ट्रिय सभा र स्थानीय तहमा पनि त्यस्तै गरिएको उल्लेख गरे ।

    प्रतिनिधि सभाको आगामी बैठक भदौ २१ गते मंगलवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend