logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपतिले दिईन् महारथीको दर्ज्यानी चिह्न

    भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपतिले दिईन् महारथीको दर्ज्यानी चिह्न

    8.4K
    Shares

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् ।

    नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रहि आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend