logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभा बैठकको शुन्य समयः कसले के भने ?

    प्रतिनिधि सभा बैठकको शुन्य समयः कसले के भने ?

    5.8K
    Shares
    प्रतिनिधि सभा बैठकको शुन्य समयः कसले के भने ?

     

    काठमाडौं । सांसद अञ्जना विशुङ्खेले संविधानले व्यवस्थाबिरुद्ध संवैधानिक आयोगले पूर्वाग्रह राखेर जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट तयार गरेको भन्दै त्यस्तो रिपोर्टलाई तुरुन्त खोरज गर्न माग गरिन् । उनले जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट खोरज गर्दै समावेशी आयोगका पदाधिकारीलाई तत्काल स्पष्टिकरण सोधि कारबाही गर्न माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले देश निर्वाचनको तयारीमा लागेर निर्वाचन आचार संहिता लागेको अवस्थामा समेत सरकारले राज्यको स्रोत साधन परिचालन गर्नेगरी संसदको म्याद थप गर्न लागेको भन्दै बिरोध जनाए । उनले नेपाल ऐन संशोधन विधेयक फिर्ता गर्न माग गरे । सांसद लोहनीले मन्त्रीहरुले झण्डा हल्लाउँदै चुनाव प्रचारमा जाने काम बन्द गर्न पनि माग गरे । उनले राष्ट्रिय पुनःनिर्माण पुनारावलाकन समितिको म्याद थप्न समेत माग गरे ।

    त्यस्तै सांसद गजेन्द्रबहादुर महतले महाअभियोग सिफारिस समितिमा बयान दिइरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको मानसिक स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरे । उनले महाअभियोग सिफारिस समितिलाई दिएको बयानमा राणाले क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले राणाको स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरे । महतले प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लाञ्छना लगाइरहेको बताए ।

    त्यस्तै सांसद धनश्याम खतिवडाले वर्तमान गठबन्धन सरकार किसानका समस्यामा गम्भिर हुन नसकेको बताए । उनले सरकारले कृषि अनुदानका नाममा दुध र मासु उत्पादनको लागि लाइस स्टक इनोभेसन सेन्टरबाट अनुदान दिने कार्यविधि त्रुटीपूर्ण भएको बताए । उनले सरकारले किसानको जीवनमा खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए ।

    त्यस्तै,सांसद कृष्णभक्त पोखरेलले वर्तमान गठबन्धन सरकारले बहुमतको घमण्ड देखाएर राष्ट्रपतिले सन्देशसहित राष्ट्रिय सहमतिको लागि दिएको मौका गुमाएको भन्दै इतिहासले धिकार्ने बताए ।

    उनले चुनाव जित्नको लागि गठबन्धन नभएर साझा विचार र मुद्दाको लागि गठबन्धन गर्न सरकारको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend