logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हतारमा काम गर्नु ठिक होइनः वर्षमान पुन

    हतारमा काम गर्नु ठिक होइनः वर्षमान पुन

    6.5K
    Shares
    हतारमा काम गर्नु ठिक होइनः वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन विधेयक समयमै आएको भए राम्रो हुने धारणा राखेका छन् । उनले संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय नै नभएको बताए ।

    ‘यो आउनुपर्ने विषय नै होइन, तर सरकारले फिर्ता गर्नेभएछ राम्रो भयो । आगामी दिनमा यस्तो कुरा नदोहोरियोस्’, पुनको भनाइ छ । जुनसुकै पार्टी सरकारमा भएपनि यसरी हतारमा काम गर्ने कुरा ठिक नभएको उनले बताए ।

    त्यस्तै एमालेका सांसद कृष्णभक्त पोखरेलले उक्त विधेयकबारे आफै ऐन संशोधन गरेर आफै आफ्नै म्याद थपे भन्ने कुरामाथि जनताले आशंका गरेको भन्दै यस्ता विषयमा साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए । ‘हामीले असल परम्परा र थिति बसाल्न सकेका छैनौ’, पोखरेलको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend