logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्छः सांसद यादव

    आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्छः सांसद यादव

    6.8K
    Shares
    आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्छः सांसद यादव

    काठमाडौं । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्ने विश्वास व्यक्त गरे । उनले भागबन्डाको टुंगो लगाउन सोमवारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको बताए ।

    उनले भने – ‘निर्वाचन क्षेत्रगत आधारमा छलफल गरेर सहमती जुटाउने दुई दिनको समय हामीले पाउँछौँ । आज ढिलो रातीसम्म छलफल गरेर सहमतीमा जाने प्रयास हुन्छ । हिजोदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी छ । आज पनि हामी बसिरहेका छौँ । ६ बजे बेलुकादेखि फेरि बसेर ढिलो सम्म आज हामी सहमति गर्ने प्रयास गर्छौं ।’

    उनले हालसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमती जुट्न नसकेको स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend