logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो

    हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो

    7K
    Shares
    हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो

     

    काठमाडौं । आजबाट विधिवत रुपमा इन्द्रजात्रा शुरु भएको छ । बुधवार बिहान हनुमानढोकामा बिहान ७ः१७ मिनेटको शुभ साईतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो ।

    हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत शुरु हुने परम्परा छ । इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाल उपस्थित रहनुभएको थियो । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो ।

    इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा,आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना हो ।

    १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । इन्द्रजात्रा र लिङ्गो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend