logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अन्तर्राष्ट्रिय स्तरको भलिबल नेपालमा आयोजना सम्पन्न हुनसक्छ भन्ने आधार बनाउन यो आर्थिक वर्षभित्र काम हुन्छः खेलकुद मन्त्री

    अन्तर्राष्ट्रिय स्तरको भलिबल नेपालमा आयोजना सम्पन्न हुनसक्छ भन्ने आधार बनाउन यो आर्थिक वर्षभित्र काम हुन्छः खेलकुद मन्त्री

    6.1K
    Shares
    अन्तर्राष्ट्रिय स्तरको भलिबल नेपालमा आयोजना सम्पन्न हुनसक्छ भन्ने आधार बनाउन यो आर्थिक वर्षभित्र काम हुन्छः खेलकुद मन्त्री

    काठमाडौं । नेपाल भलिबल संघले आगामी चार वर्षका लागि बुधवार चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दैछ । नवौं साधारण सभाबाट नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । साधारण सभाबाट आउँदो चार वर्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्दबीच नेतृत्वका लागि प्रतिष्पर्धा हुने भएको छ । दुवैले यसअघि विभिन्न छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर उम्मेदवारी घोषणा गरेका थिए ।

    यस्तै मनवीर छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दा रोशन श्रेष्ठले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा सचिव रहेका छन्त्याल नेपाली भलिबलको लोकप्रिय क्लव ढोरपाटन क्लवका संस्थापक हुन भने कार्यसमिति सदस्य श्रेष्ठले भोजपुरबाट भलिबलमा प्रतिनिधित्व गरेका हुन् ।

    कोभिड र नयाँ ऐनका कारण भलिबल संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो । तत्कालिन समयमा १३ औं साग गेम्स तथा त्यसपछि कोभिड र राष्ट्रिय खेलकुद विकास ऐनका कारण समयमै संघको चुनावी साधारण सभा हुन सकेको थिएन । साधारण सभाको निर्वाचन प्रक्रिया समेत बुधवार नै अघि बढाउने तयारी छ । साधारण सभावको उद्घान युवा तथा खेलकुद मन्त्रीले गरे । उद्घानपछि बोल्दै युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अन्तर्राष्ट्रिय स्तरको भलिबल नेपालमा आयोजना सम्पन्न हुनसक्छ भन्ने आधार बनाउन यो आर्थिक वर्षभित्र काम हुने बताए । मन्त्री गहतराजले पूर्वाधार अवधारणा अन्तर्गत एक विद्यालय एक पूर्वाधार र एक पालिका एक खेल ग्राम भन्ने लक्ष्य प्राप्तका लागि सरकारले काम गरिहेको बताए । राष्ट्रिय खेल भएता पनि प्राथमिकतामा नपरेको भन्दै यो आर्थिक वर्षमा भलिबलको आफ्नै कोर्ट बनाउन सरकारले योजना ल्याउन लागेको बताए ।

    संघको केन्द्रिय निर्वाचनमा १ सय ३१ जना मतदाता रहेका छन् । विवादका कारण वागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश नगरिने संघले जनाएको छ । वर्तमान कार्यसमिति, ७७ जिल्ला, प्रत्येक प्रदेशबाट दुई जना, रेफ्री, खेलाडी र क्लब गरी १ सय ३१ जनाले बुधवारको निर्वाचनमा मतदान गर्दैछन् । यसपटक ३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend