logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रक्तदान गरेर मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

    रक्तदान गरेर मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

    7.6K
    Shares
    रक्तदान गरेर मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

     

    काठमाडौं । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन् ।

    उनि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा जानु भई रक्तदान गरेको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।”

    केन्द्रका निर्देशक पौडेलले भन्नुभयो, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend