logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अध्यक्ष प्रचण्डकोे सबैभन्दा बढी कडा आलोचक पनि मै हुँ, रक्षा गर्ने पनि मै हुँः जनार्दन शर्मा

    अध्यक्ष प्रचण्डकोे सबैभन्दा बढी कडा आलोचक पनि मै हुँ, रक्षा गर्ने पनि मै हुँः जनार्दन शर्मा

    7.8K
    Shares
    अध्यक्ष प्रचण्डकोे सबैभन्दा बढी कडा आलोचक पनि मै हुँ, रक्षा गर्ने पनि मै हुँः जनार्दन शर्मा

     

    काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

    उनले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताए । उनले संगठन विधि र पद्धतीमा चल्नुपर्ने बताए । पार्टीमा एकले अर्काको बिरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृति रहेको भन्दै उनले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्नेकाम विद्यार्थी संगठनको अध्यक्षले गर्नु नहुने बताए । उनले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकतावद्ध भएर जानुपर्ने बताए । अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरेपनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताए ।

    उनले भने – ‘विद्यार्थी संगठनमा यहाँ त घोषणा गर्दिए हुन्छ, हिजो अर्कै एकजनाले गर्दै रहेको अवस्था हो । अब अराजकता गर्ने अनि त्यसैलाई नेतृत्वले पुल्पुल्याउने कुरा त्यो खराब कुरा हो त्यसको आलोचना गरौँ । त्यो कुरा मान्य हुँदैन । संगठन विधिमा बस्नुप¥यो । पद्धतीमा बस्नुप¥यो । विधि र पद्धतीमा बसेर संगठन गर्ने कुरा हुन सक्दैन । संगठन सुदृढ गरेर जानुपर्छ भन्ने मेरो आफ्नो भनाई छ । पद र शक्तिको होडमा आज कुरा गर्ने होइन, एजेण्डाको आधारमा कुरा गर्ने हो । संगठनको कुरा गर्ने हो ।

    त्यसकारण मैले विद्यार्थी संगठनमा देखिएको समस्यालाई हल गर्नका लागि तपाई विद्यार्थी साथीहरुलाई गलत कुराको आलोचना गर्ने, सही कुराको समर्थन गर्ने हिम्मत गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु । कहिलेकाहीँ हामी लाइनीको कुरा सुनेर नीति बनाउने अनि सत्यतिर खोजि नगर्ने हाम्रो बानि छ । यो हाम्रो बानी खराब बानी हो । यो बानी हामीले सच्याउनुपर्छ । पार्टीमा संगठनमा । एउटा गएर कसैलाई कुरा लगाइदियो भने अध्यक्षले त्यही कुरा सुनेर अर्काप्रति रिसीइबी साँध्ने काम गर्नु हुँदैन । सत्य थाहा पाएर गर्नुपर्छ । चुनावमा गइरहेको बेलामा हामी कसैको भण्डाफोर गरेर होइन, पार्टीमा संयमताका साथ, पार्टीलाई एकतावद्ध गर्ने नीति लिएर जनताको जनमत लिने गरेर जानुपर्छ । म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ ।

    नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ । सही नीति र नेतृत्वको रक्षा गर्ने दायित्व मेरो हो । त्यो कुराप्रति म गम्भिर छु । तर नीति र नेतृत्व सही ढंगले अगाडी बढ्नुपर्छ भन्ने कुरा पनि सँगसँगै मेरो माग हो । अध्यक्षको सबभन्दा बढी कडा आलोचक मै हुँ । अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षा गर्ने पनि मै हुँ । यो आज तपाईहरुको अगाडी म भन्न चाहन्छु । नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अगाडी बढ्दैन । नीति र नेतृत्वको रक्षा गर्नुपर्छ तर त्यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन । आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन । लाइनले रक्षा हुँदैन ।’

    उनले अहिलेको विद्यार्थी संगठनसँग कुनै एजेण्डा नभएको टिप्पणी गरे । उनले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताए ।

    उनले भने– ‘लोकतन्त्रपछि हाम्रो पार्टीको राजनीतिक एजेण्डा के हो त ? भन्ने कुरा हामीले स्पष्ट हुन जरुरी छ । हुनत हामीले आठौँ महाधिवेशन ग¥यौँ । आठौँ महाधिवेशनमा धेरै कुरा गरेका थियौँ, के–के ग¥यौँ आज मैले बिर्सिइसकेको छु । तरपनि कुरा के हो भने, हाम्रो एजेण्डाहरु कार्यकारी नेतृत्व, राष्ट्रको नेतृत्व कार्यकारी हुनुपर्छ भन्ने हाम्रो राजनीतिक एजेण्डा हो । दोस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा हो । तेस्रो, हाम्रो राज्य पुनःसंरचना भएको छैन । पुनःसंरचनाको एजेण्डा हो । चौथो भनेको पहिचानको एजेण्डा हो । यिनै राजनीतिक एजेण्डा पार्टीका हुन् । तर विद्यार्थी संगठनका एजेण्डा के हो ? विद्यार्थी संगठनका एजेण्डा चाहियो ।’

    उनले विद्यार्थी संगठनलाई वैज्ञानिक र प्रविधियुक्त शिक्षाको एजेण्डा बोक्न आग्रह गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend