logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • साफ महिला च्याम्पियनसिपः भारतको विजयी शुरुवात

    साफ महिला च्याम्पियनसिपः भारतको विजयी शुरुवात

    8K
    Shares
    साफ महिला च्याम्पियनसिपः भारतको विजयी शुरुवात

     

    काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौति ३–० ले पन्छ्याउँदै साविक विजेता भारतले नेपालमा मंगलवारबाट शुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको समूह ए को पहिलो खेलमा साविक विजेता भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    शुरुवातबाट नै पाकिस्तानमाथि दबाब दिएर खेलेको भारतले पाकिस्तानबिरुद्ध शुरुवाती अग्रता भने उपहार गोलबाट अग्रता लिएको थियो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो । पाकिस्तानका लागि डेब्यु खेलाडी कप्तान मारिया खानले रक्षांपंक्तिमा रोक्ने क्रममा आफ्नै पोस्टमा गोल भएको थियो । त्यसको दुई मिनेटपछि ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० ले अगाडि बढाउन सफल भएकी थिइन् । त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गरेपछि भारतले ३–० को अग्रता लिनसक्यो । सोही नतिजा अन्तिमसम्म रहँदा भारतले जारी प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    यस जितसँगै समूह ए को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । विजयी भारतले अब दोस्रो खेल शनिवार माल्दिभ्सबिरुद्ध खेल्ने छ भने सोही दिन पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।

    प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल असोज ३ गते हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend