logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा मेरो जोड रहन्छः प्रकाश पन्थ

    देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा मेरो जोड रहन्छः प्रकाश पन्थ

    7K
    Shares
    देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा मेरो जोड रहन्छः प्रकाश पन्थ

     

    काठमाडौं । दिगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति प्रकाश पन्थले देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा आफ्नो जोड रहने बताएका छन् । बिहीवार सिंहदरबारमा दिगो विकास तथा सुशासन समितिको सभापतिको पद तथा गोपनियताको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले राज्यका निकाय र सबै सरोकारवालालाई प्रशासन नभइ सुशासन र प्रशासक नभइ सुशासक बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ समितिबाट सामुहिक रुपमा कोशिस गर्ने पनि बताए । समिति सभापति पन्थले समितिका सदस्य र सचिवालयको सहकार्यमा सरोकारवालाहरुसँग छलफल गर्ने र समितिको उद्देश्यअनुरुप अघि बढाउने कोशिस रहने बताए । उनले नेपालले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने उद्देश्य राखेकोले सोही अनुरुप समितिमा आफ्नो काम अघि बढ्ने बताए । समिति सभापति पन्थले विकाससँगै सुशासन र सेवा प्र्रवाहमा चासो दिइ समितिका काम कारबाही हुने बताए ।

    उनले भने, ‘राष्ट्रिय सभाका ४ वटै विषयगत समितिहरुले आजबाट पूर्णता पाएको छ । मैले दिगो विकास तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पाएको छु । सामुहिक रुपमा सबै मान्य ज्यूहरुसँग सचिावलयहरुसँगको सहकार्यमा सरोकारवालाहरु समेतको परामर्श, सल्लाह, सुझावमा समितिको उद्देश्यअनुरुप अघि बढाउने कोशिसहरु गर्नेछु । अन्तर्राष्ट्रिय स्तरमा पनि यो दिगो विकासको अन्तर्राष्ट्रिय लक्ष्य हो यो, सन् २०३० सम्ममा लक्ष्य बोकेको छ । त्यसलाई पूरा गर्ने दायित्व नेपालको पनि हुने भएकोले त्यसतर्फ सरकार, सरोकारवाला सबै विकास निर्माणका कुराहरुदेखि लिएर दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ समितिबाट सामुहिक रुपमा कोशिस गर्नेछौँ । विकाससँगै सुशासनको कुरा पनि छ, विकास निर्माणदेखि राजनीतिक चरित्रदेखि लिएर धेरै ठाउँमा सेवा प्रवाहमा प्रतिक्रिया धेरै आउन थालेको छ । हामी सुशासन कायम गर्ने कुरामा, भ्रष्टाचाररहितको समाज निर्माण गर्ने कुरामा जनप्रतिनिधिदेखि राज्यका निकाय र सबै सरोकारवालालाई प्रशासन नभइ सुशासन बनाउने दिशामा, प्रशासक नभइ सुशासक बनाउने कुराबाट हामी कोशिस गर्नेछौँ । सरकारलाई खबरदारी गर्नेछौँ । सरकारका गतिविधिहरु निगरानी गर्नेछौँ ।’

    बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend