logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको अध्यक्ष प्रचण्डको आरोप

    राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको अध्यक्ष प्रचण्डको आरोप

    7.8K
    Shares
    राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको अध्यक्ष प्रचण्डको आरोप

    काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको अध्यक्ष दाहालको आरोप नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । शुक्रवार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुनर ।

    उनले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने क्रममा उनले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताए । उनले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनी दिए । उनले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणित गर्नुपर्ने बताए । अध्यक्ष दाहालले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता विधेयक प्रश्ताव लैजाँदा सोच्दै नसोचेर प्रमाणीकरण गर्नुभएको भन्दै अहिले किन नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले राष्ट्रपतिबाट प्रमाणीकरण नभए अदालतमा जाने वा राजीनामा आउने बताए ।

    उनले भने, ‘कसैले पनि भ्रम फैलाउन वा भ्रम पाल्न जरुरी छैन । किनभने हामीले अहिले गरेको कुरा यतिमात्रै हो कि जन्मसिद्ध नागरिक बनेका बाबुआमाका छोराछोरीहरुले वंशजको नागरिकता पाउनुपर्छ । लाखौँको संख्यामा छन्, उनीहरुलाई नागरिकताबिहीन बनाउन हुँदैन । नेकपाको सरकार हुँदा केपी ओलीले जुन प्रश्ताव ल्याउनुभएको थियो, त्यही प्रश्ताव हो । केपी ओलीले प्रश्ताव लाँदा त्यही प्रश्ताव प्रमाणित गर्नुभएको थियो राष्ट्रपतिले । आउनासाथ सोच्दै नसोचीकन भनेको जस्तो गरी प्रमाणीकरण गर्नुभएको थियो । त्यही नै प्रश्ताव हो यो । ७ वर्षे प्रावधान एमालेको पहलमा होइन, माओवादीको पहलमा वैवाहिक अंगीकृतको बारेमा प्रावधान राखिएको हो । मैले भनिसकेँ, दोस्रो पटक संविधानले कतै ठाउँ नै दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ । केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ । त्यसकारण नगर्ने सम्भावना पनि छ । त्यसो भए एउटा कुरा अदालतमा इस्यू जान्छ । अदालतको फैसला पछि अघि बढ्छ । दोस्रो उहाँले राजीनामा दिने हो । मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदी तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ । यी दुई वटा हुनसक्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend