logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छः विद्यादेवी भण्डारी

    राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छः विद्यादेवी भण्डारी

    7.3K
    Shares
    राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छः विद्यादेवी भण्डारी

     

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन् । शुक्रवार काठमाडौंमा आयोजित किताव जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताएकी हुन् ।

    उनले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताइन् । उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने उल्लेख गरिन् । उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरुसँगको साक्षात्कारबाट पनि हुने बताइन् । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उनको भनाई छ ।

    उनले भनिन्– ‘कुनैपनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ । यसकालागि सुपठित हुनु पहिलो शर्त हो । अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता निर्माण गर्छ । त्यही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुन थाल्दछन् । समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञानको समृद्धि पनि हो । सभ्यताको समृद्धि पनि हो । अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन । जीवनका विविध आयामसँगको साक्षात्कारबाट पनि हुन्छ । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ । ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ ।’

    कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गरेकी थिइन् । त्यसैगरी किताव यात्रा बेष्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरिश गिरीलाई सम्मान गरेकी थिइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend