logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि एमाले सरकारमा आउँछः महेश बस्नेत

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि एमाले सरकारमा आउँछः महेश बस्नेत

    9.2K
    Shares
    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि एमाले सरकारमा आउँछः महेश बस्नेत

     

    काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दावी गरेका हुन् ।

    उनले एमाले फुटाउने कर्ममा लागेका फटाहाहरु र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिई फेरी अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी समेत दिए । नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताए ।

    उनले भने, ‘मंसीर ४ गते पछाडि नेकपा (एमाले) फेरी सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । अनि एमाले फुटाउनका लागि अर्थ मन्त्रालयका सिसीटिभी फुटेज लुकाउन लाग्छ ।

    गृह मन्त्रालय पनि लुकाउन लाग्छ । छानवीन आयोग सफाई आयोगमा परिणत हुन्छ । अनि सफाई दिएर जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाईन्छ । किन एमाले विरुद्ध गठबन्धन ? एमालेले विकास गर्छ । यो धर्तीमा विकास गर्नु हुन्न । त्यही भएर गठबन्धन । एमाले राष्ट्रियताको पक्षमा छ । यो धर्तीमा राष्ट्रियता समाप्त पार्नुपर्छ । त्यही भएर गठबन्धन । एमाले जनताको जीविकाको पक्षमा छ । गठबन्धन भ्रष्टाचारलाई प्रश्रय दिन्छ । त्यही भएर गठबन्धन ।’

    नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend