logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • आगामी निर्वाचनमा जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छः महासचिव पोखरेल

    आगामी निर्वाचनमा जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छः महासचिव पोखरेल

    8K
    Shares
    आगामी निर्वाचनमा जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छः महासचिव पोखरेल

     

    भरतपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताए ।

    उनले भने, “स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन ।” उनले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिनुभयो । एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उहाँले स्पष्ट पारे ।

    निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उनले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend