काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टी नबाहिरिने प्रष्ट पारेका छन् । उनले जसपाले गठबन्धन छाड्छ भन्ने कुरा आफूले नभनेको पनि स्पष्ट पारे । उनले गठबन्धनको आवश्यकता रहेको पनि बताए ।
गठबन्धन अझ सशक्त भएर अगाडि बढ्ने र त्यसमा जसपाको पूर्ण सहयोग रहने बताउँदै उनले यो पाँच दलीय गठबन्धन बनाउनमा जसपामा मुख्य भूमिका रहेको बताए ।
अध्यक्ष यादवले सीट बाँडफाँटका कारण गठबन्धनमा कुनै प्रकारको संकट नआओस् भनि सचेत मात्र गराएको उनले बताए । जसपाले गठबन्धन छाड्छ भन्ने कुरा आफूले नभनेको बताउँदै अध्यक्ष यादवले अहिलेको अवस्थामा गठबन्धनको झन आवश्यकता रहेको बताए ।