logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने वनमन्त्रीको उद्घोष

    यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने वनमन्त्रीको उद्घोष

    8.4K
    Shares
    यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने वनमन्त्रीको उद्घोष

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारले यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताएका छन् । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री यादवले सवारीसाधनले गर्ने वातावरण प्रदूषणको युरोपियन मापदण्ड युरो ६ लागू गर्न लागेको बताएका हुन् ।

    उनले प्रधानमन्त्री शेरवहादुर देउवाले गत कोपामा सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्य गर्ने प्रतिवद्धता कार्यान्वयन गर्नको लागि सरकारले यही हप्ताभित्र कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताए । मन्त्री यादवले तत्काल कमर्सियल सवारी साधनहरुमा युरो ६ लागू गरेर सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्य प्रतिशतमा ल्याउने मन्त्रालयको तयारी रहेको बताए । उनले युरो ६ लागू गर्नको लागि सबै प्रक्रिया तयारी भएकाले यहि हप्तामा भित्र मन्त्रीपरिषद्ले निर्णय गर्ने बताए ।

    उनले भने,‘कोपामा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ मा कार्वन उत्सर्जन शुन्य प्रतिशत गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयनको लागि वन तथा वातावरण मन्त्रालय लागिपरेको छ । मन्त्रालयले सन् २०४५ सम्म कार्वन उत्सजन शुन्य बनाउने लक्ष्य राखेको छ । सरकार तत्काल कमर्सियल सवारीहरुमा युरो ६ लागू गर्ने तयारीमा छौं । मन्त्रालय प्रमुख प्राथमिकताका साथ अगाडि बढेको छ । भारत सन् २०२० मा नै युरो ६ मा गएर अहिले युरो ८ को तयारी गरिरहेको छ । भुटानसमेत युरो ६ मा गएको छ । हाम्रो डिजेल सवारीहरु युरो ६ मा आएको हामी युरो ३ मा चलाइरहेका छौं । त्यसले क्षेति गरिरहेको छ । २०४५ सम्म कार्वन उत्सर्जन शुन्य गर्छौं । यही हप्ता भित्रमा युरो ६ लागू हुन्छ । त्यसको लागि सबै प्रक्रिया अन्तिम चरणमा रहेको छ । यो हप्तामा नै मन्त्रीपरिषद्ले निर्णय गर्छ ।’

    मन्त्री यादवले भारतमा २०२० मा नै युरो ६ लागू भएर अहिले युरो ८ लागू गर्ने तयारीमा रहेको बेला नेपालमा अझै युरो ३ चलाइरहेको बताउनु भयो । उहाँले भुटानमा समेत कार्वन उत्सर्जन कम गर्न युरो ६ लागू गर्न लागेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend