काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँट टुङ्ग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुङ्ग्याउन छलफलमा जुटेका हुन् ।
सिट बाँडफाँट टुङ्ग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो ।
सहमति नजुटेको विषयमा शीर्ष नेताहरूले टुङ्ग्याउने गरी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।