logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाली खाऔं नेपाली लगाऔं अभियान चलाउनुपर्छः पवन गोल्यान

    नेपाली खाऔं नेपाली लगाऔं अभियान चलाउनुपर्छः पवन गोल्यान

    8.8K
    Shares
    नेपाली खाऔं नेपाली लगाऔं अभियान चलाउनुपर्छः पवन गोल्यान

     

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए । अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरुमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताए । उनले नेपाली युवाहरुले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताए । अध्यक्ष गोल्यानले युवाहरु भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भुमिका खेल्नुपर्ने बताए ।

    उनले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गरे । उनले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गरे । अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताए । उनले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपाल भित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गरे ।

    उनले भने,‘नेपाललाई परिर्वतन गर्ने कसैले होइन युवाले हो । युवा भविष्य होइन वर्तमान हुन । युवाहरुले सबै भन्दा पहिला सोचमा परिर्वतन ल्याऔं । हामीले बजारमा सामान किन्न जाँदा नेपाली उत्पादनलाई किन्यौं । सबैभन्दा पहिला आफ्नो पालिकाको उत्पादनलाई प्राथमिकता दिनुस् । त्यसपछि जिल्लाको उत्पादनलाई प्राथमिकता दिनुस् । जबसम्म नेपालमा उत्पादन भएको वस्तुलाई प्राथमिकता दिँदैनौं । तबसम्म आत्मनिर्भर बन्न सक्दैनौं । नेपाल ३ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्छ । तर तरकारीमा आत्मनिर्भर हुनको लागि सरकारले जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । सरकारले गर्न सकेको छैन । अब युवाहरु आफै लाग्नुप¥यो । हामी विदेशी तरकारी किन्दैनौं ।

    विदेशी फलफूल खादैनौं । विदेशी लुगा लगाउँदैनौं । यसरी नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपालमा उद्योग र किसानलाई राहत हुन्छ । नेपालमा नै रोजगारी पाइन्छ । अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात गरिरहेका र्छौं । २ खर्बको नेपाली भित्र उत्पादन गर्न कुनै ठूलो कुरा छैन । अलौची ७ सय रुपैयाँमा भारतमा निर्यात गर्छौं । भारतले १७ सय रुपैयाँ भारुमा खाडी मुलुकहरुमा बिक्री हुन्छ । नेपाली अलौची प्याकिङ गरेर खाडी मुलुकमा बेच्न सक्नुहुन्छ । त्यसको लागि आउनुस् । नेपाली कृषिजन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नुहुन्छ भने बैंक तथा वित्तीय संस्था परिसंघ र वाणिज्य बैंकहरुले पैसाको कम गर्न दिँदैन । त्यसको लागि सहयोग गर्ने प्रयासमा छौं । अब नेपाली भएर नेपाली लगाऔं नेपाली खाऔं ।’

    अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताए । उनले अब सबै नेपालीले नेपाली लगाऔं नेपाली खाऔं अभियान चलाउनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend