logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ट्राफिक प्रहरी चेकिङः बिहानै मापसे गरेर स्कुल बस चलाउने २ जना चालकलाई कारवाही

    ट्राफिक प्रहरी चेकिङः बिहानै मापसे गरेर स्कुल बस चलाउने २ जना चालकलाई कारवाही

    11.3K
    Shares
    ट्राफिक प्रहरी चेकिङः बिहानै मापसे गरेर स्कुल बस चलाउने २ जना चालकलाई कारवाही

     

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आज कारवाही गरेको छ । बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन ।

    मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३–०१–००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र बा २१ च ६६०९ नम्बरको प्रोमिनेट कलेज नेपालटारका माईक्रो बस चालक भिमनारायण श्रेष्ठ रहेका छन् । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् ।

    मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाईएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend