logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक १३.५४ अंकले गिरावट

    नेप्से परिसूचक १३.५४ अंकले गिरावट

    6K
    Shares
    नेप्से परिसूचक १३.५४ अंकले गिरावट

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । सोमवार नेप्से सूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स यस दिन २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ ।

    सोमवार कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आईतवारको तुलनामा कारोबार रकम भने बढेको छ । आईतवार कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूह मध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ । त्यस्तै,अन्य, हाइड्रोपावर र फाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

    नेप्से घटेपनि सोमवार युनाइटेड इडि मार्दीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ । नविल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend