logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः मन्त्री रेग्मी

    महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः मन्त्री रेग्मी

    6.2K
    Shares
    महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः मन्त्री रेग्मी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन् । मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताएकी हुन् ।

    त्यस अवसरमा उनले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वास समेत व्यक्त गरिन् । मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले संचालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरुलाई निर्देशन समेत दिइन् । उनले भनिन्, ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ । यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन । यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ । यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ ।’

    मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन समेत दिइन् ।

    कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनर हल र ८ वटा शौंचालय रहेका छन । त्यस अवसरमा महिलाहरुको सिलाईकटाई तालिमको पनि शुभारम्भ गरिएको थियो । महिलाहरुलाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषदले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend