logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • उत्तरी सीमा नाकाहरु दशैँ अगाडि नै खुल्छन्ः निर्देशक पौडेल

    उत्तरी सीमा नाकाहरु दशैँ अगाडि नै खुल्छन्ः निर्देशक पौडेल

    5.9K
    Shares
    उत्तरी सीमा नाकाहरु दशैँ अगाडि नै खुल्छन्ः निर्देशक पौडेल

     

    काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु दशँै अगाडि नै खुल्ने बताएका छन् । मंगलवार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरुसँग छलफल गरेर दशँै अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् ।

    उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाई छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाई गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए । उनले पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताए । उनले एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको बताए ।

    उनले भने,‘ उत्तरी सीमा नाकाको विषयमा दुई पक्षबीचको बैठकमा स्वास्थ्य मापदण्डका कारण बन्द गरिएको बताएका छन् । कोभिड शुन्य नीतिमा तल माथि गर्न सक्दैनौं । चीन पक्ष नेपालको कोभिड सम्बन्धी मापदण्ड चीनको भन्दा कमजोर रहेको भन्ने रुपमा प्रश्तुत हुन्छन् । चीन पक्षले परराष्ट्र मन्त्रालय वा वाणिज्य मन्त्रालयको बैठकमा एउटै विषय उठाउने गरेका छन् । तर अहिले नेपालको स्थास्थ्य मापदण्डलाई हेरेर नाका खुला गर्ने तयारी भएको छ । दशैँ अगाडि नाका खुल्छ । पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकमार्फत हुने अवैध कारोबार बढेको छ । एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गरेको देखिएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend