काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँ जाडो महिना आउपछि डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खर्न आग्रह गरेका छन् । प्रमुख शाहले आज फेसबुकमा स्टाटस लेख्दै जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खर्न आग्रह गरेका हुन् ।
यसका साथै, महानगरले भदौँ २२ गते देखि डेंगु सचेतना सम्बन्धी कार्यक्रम संचालन गर्न थालेको जानकारी समेत दिएको छ ।
उनले लेखेको छन्, ‘‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ ।
डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केहि अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको छ । वडाको आकार अनुसार ठुला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरुमा रु ५० हजारका दरमा बजेट छुट्याइएको छ ।
तर यो प्रयत्न पनि अपुग भएको छ । किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ ।
पहिलो त उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुहोस् । दोस्रो, लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ ।
यसैले कृपया १ सडकमा हिड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिनुहोला, ताकि पानी जम्मा नहोस् । पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइदिनुहोस् ।
तेस्रो, डेङ्गुबाट संक्रमण हुनु भएको छ भने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्नुहोस् ।”