logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बाल साहित्य सम्बन्धि छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भन्ने सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौंः राष्ट्रपति भण्डारी

    बाल साहित्य सम्बन्धि छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भन्ने सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौंः राष्ट्रपति भण्डारी

    6.7K
    Shares
    बाल साहित्य सम्बन्धि छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भन्ने सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौंः राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छन् । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आग्रह गरिन् । उनले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिईरहेका र काम गरिरहेका संस्थाहरु दर्जनौं रहेको उल्लेख गर्दै आभार समेत व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले बालबालिकाहरुको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वास समेत व्यक्त गरिन् ।

    उनले भनिन्, ‘बाल साहित्य सम्बन्धि हामीले छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भनेर हामीले सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौं । त्यसमा नेपाल बाल संगठन, किताव चारुजस्ता अरु थुप्र्रै दर्जनौं संस्थाहरु छन, जसले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिईराखेका छन । काम गर्ने प्रयास गरिरहेका छन । सबै जनाले त्यसमा पनि चासो राख्दाखेरी हुन्छ भन्ने मलाई लाग्दछ । र, कतिपय भाईबहिनीहरुलाई प्रस्तुती गर्न पनि प्राविधिक त्रुटीका कारण पाएनन् जस्तो छ । अझ राम्रो तयारी गरेर उत्कृष्ट प्रर्दशन गर्न सक्नुहुन्छ । त्यसका लागि आफूले कुनै बेला पूरा समय दिएर मौका उपलब्ध गराउनेछु ।’

    त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझि सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गरिन् । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।

    राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएकी छन् । उनले ठाउँ अलि सानो भएकाले बालबालिकाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कठिनाई भएको आफूलाई अनुभूति भएको पनि बताइन् । यस वर्ष सरकारले सो दिवसको मूल नारा ‘बालमैंत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend