logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा एमाले बाहेक नेपालका कुनै राजनीतिक दलमा छैनः अध्यक्ष ओली

    समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा एमाले बाहेक नेपालका कुनै राजनीतिक दलमा छैनः अध्यक्ष ओली

    7K
    Shares
    समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा एमाले बाहेक नेपालका कुनै राजनीतिक दलमा छैनः अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा एमाले बाहेक नेपालका कुनै राजनीतिक दल र नेता कार्यकर्तामा नभएको बताए । उनले बाहिरबाट भ्रष्टाचार हुन नहुने भन्ने तर भित्रभित्रै भ्रष्टाचार गर्ने नीति अन्य दलको नीति भएको तर नेकपा एमालेको नीति नरहेको बताए । बिहीवार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले हार्नै नमिल्ने बताए । उनले देश, जनता, लोकतन्त्र, भ्रष्टाचार, शान्ति सुव्यवस्था, स्थिरता र स्थायित्वका लागि हार्न नमिल्ने बताए । उनले देशको विकास र समृद्धिको अभियान अघि बढाउने काम नेकपा एमाले बाहेक अन्य दलहरुले गर्न नसक्ने बताए । उनले गठबन्धनले अहिले देशलाई अधोपतनतिर लगिरहेको भन्दै देशलाई बचाउन एमालेको विकल्प नरहेको उल्लेख गरे । उनले आगामी निर्वाचनमा सम्पूर्ण शक्ति लगाएर प्रतिक्रियावादीहरु आफ्नो बिरुद्धमा आउने भन्दै मतवृद्धि गर्ने कुरादेखि लिएर मत रक्षा गर्ने कुरासम्म चनाखो हुन निर्देशन दिए । अध्यक्ष ओलीले अहिलेका गठबन्धनका महारथी भनेर आफूलाई ठान्नेहरु कागजी बाघमात्र भएको उल्लेख गर्दै गठबन्धनरुपी चक्रव्यूह तोड्न एमाले सक्षम रहेको बताए ।

    उनले भने, ‘आइरहने आवधिक निर्वाचनहरु हुन्छन्, ४/५ वर्षमा निर्वाचन आइरहन्छ, पार्टीहरु हार्छन्, जित्छन् भइरहन्छ । तर यो निर्वाचन त्यस्तो निर्वाचन होइन । यो निर्वाचन सामान्य निर्वाचन होइन । यसको विशेष अर्थ छ, विशेष महत्व छ । यो निर्वाचनमा नेकपा एमाले हार्नै मिल्दैन । देशका, जनताका लागि हार्न मिल्दैन । लोकतन्त्रका लागि हार्न मिल्दैन । भ्रष्टाचार नियन्त्रणका लागि हार्न मिल्दैन । शान्ति सुव्यवस्थाका लागि हार्न मिल्दैन । स्थिरता स्थायित्वका लागि हार्न मिल्दैन । देशको विकासको अभियान अघि बढाउनको लागि हार्न मिल्दैन ।

    अहिले देशलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक हिसावले अधोपतनतिर लगिरहेका छन् । निर्लज्ज ढंगले देशलाई लगेका छन् । यसबाट बचाउन एमाले बाहेक अरु कोही छैन । त्यसका लागि एमालेले देशका लागि जित्नुपर्छ । यसका लागि अत्यन्त तीब्र तयारी गर्न म आग्रह गर्न चाहन्छु । हामीले मतवृद्धि गर्ने कुरादेखि लिएर मत रक्षा गर्ने कुरासम्म सम्पूर्ण शक्ति लगाएर प्रतिक्रियावादीहरु हाम्राबिरुद्ध आउनेछन् । संविधानमा कहाँ छ परमादेशबाट सरकार बनाउने कुरा ? गठबन्धनरुपी चक्रव्यूह तोड्न एमाले सक्षम रहेको छ । अहिलेका महारथी ठान्नेहरु कागजका बाघहरु मात्रै हुन् ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend