logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • राष्ट्रियसभामा विचाराधिन ‘विद्युत विधेयक, २०७७’ फिर्ता

    राष्ट्रियसभामा विचाराधिन ‘विद्युत विधेयक, २०७७’ फिर्ता

    6.1K
    Shares

    काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधिन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ताव फिर्ता भएको घोषणा गरे ।

    ‘माननीय सदस्यहरु, नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ११६ बमोजिम अब म माननीय ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई राष्ट्रियसभामा विचाराधिन विद्युत विधेयक २०७७ फिर्ता गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु ।’ अध्यक्ष तिमिल्सिनाले भने ।

    राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आईतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend