काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार बिहान पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिने भएको छ । भोली बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिने भएको हो ।
आज (आइतबार) बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको सचिव गणेश शाहले बताए ।
शाह भने ‘सात भौगोलिक र तीन गैरभौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आयो । सलाई राख्ने कसलाई फाल्ने गाह्रो भयो, त्यसैले सबै प्रदेशलाई पुनः एक पटक सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिएका छौ । प्रदेशले सर्ट लिष्ट गरेर पठाएमा भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्छ ।’