दक्षिणपश्चिम चीन । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा आइतबार बिहान बस दुर्घटना हुँदा २७ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
सठचालिस जना सवार बस सान्डु शुईे क्षेत्रको राजमार्गमा गुडिरहेको बेला दुर्घटना भएको जिल्लाको सार्वजनिक सुरक्षा ब्यूरोले जनाएको छ । –रासस