logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेपालमा आत्महत्याको तथ्यांक दिन प्रतिदिन बढ्दै जानु चिन्ताजनक- महानिरीक्षक सिंह

    नेपालमा आत्महत्याको तथ्यांक दिन प्रतिदिन बढ्दै जानु चिन्ताजनक- महानिरीक्षक सिंह

    2.1K
    Shares
    नेपालमा आत्महत्याको तथ्यांक दिन प्रतिदिन बढ्दै जानु चिन्ताजनक- महानिरीक्षक सिंह

    काठमाडौँ –  नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

    आईतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै दिन प्रतिदिन बढ्दै जानु समाजका लागी चुनौतीपूर्ण रहेको भन्दै  आइजीपी सिंहले आर्थिक वर्ष २०७७÷०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमाएको र सोही अवधिमा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको उल्लेख गर्दै  कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक उत्साहजनक छैन । आत्महत्याको संख्या निरन्तर बढीरहेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमायौँ । त्यसैवर्ष ७ हजार १४१ जनाले आत्महत्या गरे । कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भयो ।

    त्यस्तै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताउदै हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताउनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend