logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक तर्फको उम्मेदवारको सूची

    निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक तर्फको उम्मेदवारको सूची

    5.6K
    Shares
    निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक तर्फको उम्मेदवारको सूची

     

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन् । सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरुले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् ।

    आयोगले आईतवार र सोमवार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सोही समयावधि भित्र राजनीतिक दलहरुले आफ्ना आफ्ना उम्मेदवारहरुको बन्दसूची आयोगमा पेस गरेका छन् । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरुले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् ।

    उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली काँग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरु रहेको बताए । उनले नेपाली काँग्रेस उत्साहका साथ निर्वाचनमा होमिएको उल्लेख गर्दै जनताले नेपाली काँग्रेसलाई बहुमत लक्षित दलको रुपमा भोट दिने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘संघमा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशको सूची नेपाली काँग्रेस संसदीय बोर्डले गरेको निर्णय र संसदीय बोर्डको निर्णय र त्यसलाई आज बसेको केन्द्रिय समितिको बैठकले अनुमोदन गरेर बुझाएका छौँ । आजबाट संविधानले परिकल्पना गरेबमोजिम लोकतान्त्रिक प्रक्रियाको महान अभ्यास शुरु भएको छ । यो बेलामा प्रतिष्पर्धामा त हामी गइरहेका नै छौँ । यो अवसरलाई उपयोग गरेर, लोकतान्त्रिक हक, अधिकारको उपयोग गरेर देशको सन्दर्भमा आफ्नो दृष्टिकोण, अभिमत जाहेर गर्न अपिल गरिरहेका छौँ । नेपाली जनताले मत दिएर नेपाली काँग्रेसलाई बहुमत लक्षित दलको रुपमा सबैभन्दा ठूलो आकारमा हाम्रो पार्टीलाई विजयी गराउँदै हुनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ । आचारसंहीतालाई पूर्ण कार्यान्वयन गरेर सबै निर्वाचनमा होमिनुपर्छ । बन्दसूचीमा नेपाली काँग्रेस कार्यसमितिबाट पनि कतिपय हुनुहुन्छ । प्रदेश कार्यसमितिका पनि हुनुहुन्छ । उत्साहका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको छ ।’

    त्यस्तै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई ५ सिटसहित प्रतिनिधिमा समानुपातिक तर्फ ११० उम्मेदवारहरुको सूची बुझाएको बताए । उनले विगतमा समानुपातिक प्रदेश वा संघबाट समानुपातिक भइसकेका, राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका, पहिलो र दोस्रो संविधान सभामा मनोनिततर्फ प्रतिनिधित्व गरिसकेका र स्थानीय तहमा निर्वाचित एवं निर्वाचनमा हारेकाहरुलाई बन्दसूचीमा नराखेको बताए । उनले पार्टीले विशेष जोड युवाहरुलाई दिएको बताए ।

    उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको साझा प्रतिनिधि सभातर्फ ११० जनाको प्रदेश सभातर्फ २२० जनाको सूची पेस गरिएको छ । त्यसमा बाबुराम भट्टराईजीको नेतृत्वको ५ जना र १०५ जना (माओवादी केन्द्र) को गरेर ११० जनाको सूची प्रश्तुत गरेका छौँ । विगतमा समानुपातिक प्रदेश वा संघबाट समानुपातिक भइसकेका साथीहरुलाई यसमा राखेका छैनौँ । राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका साथीहरुलाई पनि राखेका छैनौँ । पहिलो र दोस्रो संविधान सभामा मनोनिततर्फ प्रतिनिधित्व गरिसक्नुभएका साथीहरुलाई पनि यसमा राखेका छैनौँ । स्थानीय तहमा निर्वाचित भएका वा निर्वाचन हारेकालाई पनि यो सूचीमा राखेका छैनौँ । हाम्रो पार्टीले उमेरगत,युवाहरुलाई विशेष जोड दिएको छ ।’

    त्यस्तै बन्दसूची बुझाएपछि बोल्दै नेकपा एमालेका नेता निरज आचार्यले विगतका समानुपातिक सूचीमा रहेकाहरुलाई नदोहो¥याएको बताए । उनले समानुपातिक सूचीमा कोहीपनि पुराना नेताहरु नरहेको उल्लेख गर्दै सबै नयाँ अनुहार रहेको बताए ।

    त्यस्तै राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले ११० वटै बन्दसूचीका नाम पेस गरेको बताए । उनले केन्द्रिय पदाधिकारीहरु सबै प्रत्यक्षमा चुनाव लड्ने बताए ।

    प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताहरुले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुन्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend