logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भागबण्डामा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

    भागबण्डामा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

    5.5K
    Shares

    काठमाडौं । सत्ता गठबन्धनका दलहरु प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा व्यस्त भएका छन् । सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई पुनः निरन्तरता दिएका हुन् । सत्ता गठबन्धनका शीर्ष तहका नेता सहित सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

    २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend