logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • डा. गोविन्द केसीमा देखियो कडा खालको अल्सरको लक्षण

    डा. गोविन्द केसीमा देखियो कडा खालको अल्सरको लक्षण

    5.5K
    Shares

    काठमाडौं । स्वास्थ्य सेवा सुधारमा विभिन्न माग राखेर राखेर अनशनमा बसेका डा.गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ । उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुन सक्ने चेतावनी पनि दिएको छ ।

    केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताएका छन् ।

    अस्पतालले केसीको स्वास्थ्यबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको बताएको छ ।

    धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

    अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend