logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक २ घण्टा बसेर सकियो, अर्को बैठक ४ बजे बस्ने

    सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक २ घण्टा बसेर सकियो, अर्को बैठक ४ बजे बस्ने

    6.3K
    Shares
    सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक २ घण्टा बसेर सकियो, अर्को बैठक ४ बजे बस्ने

     

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको हो ।

    कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

    उनले भने, ‘अहिले बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको छ । आजै बेलुका चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको छ’ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend