logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छः कमल थापा

    राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छः कमल थापा

    7.1K
    Shares
    राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छः कमल थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल भएको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पुनर्विचार हुन आवश्यक देखिएको’ भनी फिर्ता पठाएको विधेयक संघीय संसद्ले हुबहु पारित गरी पठाएपछि प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनले यस्तो बताएका हुन्।

    संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको उनको भनाई छ। उनले राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलांजलि दिने सरकारको प्रयास असफल भएको प्रतिक्रिया दिए।

    उनले लेखेका छन्ः
    ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।
    राजनीतिक स्वार्थ परिपुर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलांजलि दिने सरकारको प्रयास असफल भएको छ।राजनीतिकरुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले सदैव प्रशंसा गर्नेछ।राजा बिरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको सर्वविदितै छ”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend