काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भएको बताएको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले यस्तो बताएका हुन् ।
उनले भने ‘प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक पनि अस्वीकार गरेर राष्ट्रपतिले संविधान र संसदीय प्रणालीमाथि प्रहार गर्नुभएको छ, ‘यस विषयमा हामी गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिनेछौँ।’
दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक अस्वीकार गर्ने छुट राष्ट्रपतिलाई छैन।