logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

    सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

    1.8K
    Shares

    काठमाडौं । सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्ने भएको छ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन ।

    कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँडलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए ।

    गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाई छ ।

    उनीहरुका अनुसार शनिबारसम्ममा सहमती जुटाएर आ–आफ्नो पार्टीमा उम्मेदवार तय गर्न लाग्ने नेताहरुबीच आन्तरिक सहमति भएको छ ।सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने भन्दै कांग्रेसलाई दवाव दिँदै आएका छन् । उनीहरुले माओवादीले धेरै सिट लिने अडान नछोड्दा सहमतिमा ढिलाई भईरहेको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend