काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र मच्छेगाउँकै २९ वर्षीय सुजन सुनार छन् ।
उनीहरुले प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दाबी गरे ।
रिमालले गहना चोरेको र सुनारले किनेको प्रहरीले बताएको छ । पक्राउ परेकासँगबाट प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुन र पित्तल सहितको चन्द्रमा एक थान र नगद ६० हजार रुपैयाँ बरामद गरेको छ ।
प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको जानकारी दिए ।