logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सरकारको स्वामित्वमा हुनुपर्ने जग्गा व्याक्तिको नाममा गरेको आरोपमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    सरकारको स्वामित्वमा हुनुपर्ने जग्गा व्याक्तिको नाममा गरेको आरोपमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    2.7K
    Shares

    काठमाडौं । सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दर्ता गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका–६ का एक वडाध्यक्ष समेत छन् ।

    अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमकुमार खत्री र नासु रुद्रसेन साह, बढैयाताल गाँउपालिका–६ का वडाध्यक्ष रामहरण थारु, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

    अख्तियारका अनुसार बर्दियाको साविकको मैनापोखरी गाविस–१ हाल बढैयाताल–६ मा चिरकु तेलीका नाममा २ विगाहा ६ कट्ठा जग्गा थियो । २०४३ सालमा उनको निधन भएपछि हकखाने कोही भएनन् । कानून अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो । तर भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरेर भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

    अख्तियारले मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री र नासु रुद्रसेन साहुमाथि स्थानीय तहको नाममा आउनुपर्ने जग्गा जैनव तेलीका नाममा अस्थायी लालपूर्जा दिएको आरोप लगाएको हो । जैनवको नाममा आएको जग्गा पछि सैजाद अलि तेलीको नाममा गयो । अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दाबी गरेको छ । त्यो जग्गा किनेका कारण अञ्जना दाहालमाथि अख्तियारले जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend