logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जनताको ठुलो त्याग तपस्या र बलिदानबाट पैदा भएको नाम हो प्रचण्ड र बाबुराम, सहकार्य दिर्घकालीन हुन्छ : प्रचण्ड

    जनताको ठुलो त्याग तपस्या र बलिदानबाट पैदा भएको नाम हो प्रचण्ड र बाबुराम, सहकार्य दिर्घकालीन हुन्छ : प्रचण्ड

    2K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँगको सहकार्य दिर्घकालीन भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुबीचको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका हुन् ।

    वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघि बढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको प्रचण्डले बताए। ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

    प्रतिनिधिसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टी माओवादीको चुनाव चिन्ह हँसिया हथौडामा उठ्दैछ। प्रचण्ड र बाबुराम एकै ठाउँमा हुँदा लाखौँ जनतामा उत्साह थपिने उनले जिकिर गरे। ‘इतिहासले नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् प्रचण्ड र बाबुराम’, उनले भने, ‘हामी एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ युग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’

    दुईजनाको बानी व्यवहार नमिलेपनि दुबैले एअर्काको अभाव महशुस भएपछि दीर्घकालीन सहकार्यतर्फ अघि बढेको उनको तर्क थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend