logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कोरोनापछि पहिलोपटक खुल्यो भुटानको सिमा : नेपाली पर्यटकलाई मह, बेसार र सिमकार्डसहित स्वागत

    कोरोनापछि पहिलोपटक खुल्यो भुटानको सिमा : नेपाली पर्यटकलाई मह, बेसार र सिमकार्डसहित स्वागत

    2.3K
    Shares

    काठमाडौं । झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटानले विदेश पर्यटकहरुका लागि पुनः खुला गरेको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खुला गरेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आवद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुगका छन् ।

    प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतकोबीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजार संक्रमित भएका थिए भने २१ जनाको मृत्युभएको छ । तर, कोभिडका कारण भुटानको अर्थतन्त्र भने धरासायी भएको छ ।

    भुटानको पर्यटन परिषद् टीसीबीका महानिर्देशक दोर्जी ध्राधुलले पर्यटन भनेको आम्दानी मात्रै नभएको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको छ ।

    काठमाडौंबाट पहिलो उडानमा पुुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend