काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको आज बसेको भेलाले पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको छ । सोमबार बसेको शेखर समूहको बैठकले असोज १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ ।