logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बालुवाटारमा उपेन्द्र यादव बिना नै सत्ता गठबन्धनको बैठक बस्दै

    बालुवाटारमा उपेन्द्र यादव बिना नै सत्ता गठबन्धनको बैठक बस्दै

    2.2K
    Shares

    काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठक बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक नेताका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ ।

    सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए । यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend