logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एमालेबाट चुनाव जित्ने लिस्टमा रहेका सुर्य थापा प्युठानबाट प्रतिनिधिसभामा लड्दै

    एमालेबाट चुनाव जित्ने लिस्टमा रहेका सुर्य थापा प्युठानबाट प्रतिनिधिसभामा लड्दै

    4.9K
    Shares
    एमालेबाट चुनाव जित्ने लिस्टमा रहेका सुर्य थापा प्युठानबाट प्रतिनिधिसभामा लड्दै

    काठमाडौँ — नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुर्य थापा प्युठानबाट चुनाव उठ्ने भएका छन् ।

    एमालेले शुक्रबार उनलाई प्युठानबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले प्युठानका जिल्ला इन्चार्ज समेत रहेका उनी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुंदा प्रेस सल्लाहकार थिए ।

    गत स्थानीय निकायको निर्वाचनमा बर्षौ देखी जनमोर्चाले आफ्नो पकड क्षेत्र भनेर दाबी गरेका क्षेत्रमा एमालेका उमेद्वार जिताउन थापा सफल भएका थिए।

    मंसिर चार गते हुने निर्वाचनमा सो क्षेत्रमा गठबन्धनबाट जनमोर्चाले टिकट पाएको छ। थापाको प्रतिस्पर्धी जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाउने लगभग निश्चित छ ।

    बाम गठबन्धनबाट गत निर्वाचनमा बिजयी बनेकी पौडेलको छबि जिल्लामा त्यति राम्रो छैन। त्यस हिसावले पनि थापा एमालेभित्र चुनाव जित्ने नेताको लिस्टमा छन्।

    जनमतको हिसावले समेत एमाले प्युठानमा बलियो पार्टी रहेको र गठबन्धनले कमजोर उमेद्वार दिएकोले थापालाई चुनाव जित्न थप सहज भएको विश्लेषण जिल्लामा हुन् थालेको छ ।

    राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेता रहेका थापाले जिल्ला इन्चार्ज भएर गएसंगै प्युठानमा ठुलो संख्यामा जनमोर्चा र अन्य पार्टीबाट एमाले प्रवेश गर्ने लहर ल्याएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend